
Milky Way Galaxy आकाश गंगा
सुरुमा सृष्टिको यो रुप नहुँदा तागेरा निङ्वाभूमा माङ एकरूप हाङ्साम नारा र माङ्साम नारा भएर मुन्धुम प्रकट भएपछी एकरूप सृष्टिकोरुप पोक्ला कुलुङ पोरोक्मी याम्जिरी याम्फामी माङ भएर सृष्टि आरम्भ भएको थियो भन्ने मुन्धुमबाट बुझिन्छ .पोरोक्मी याम्फामी माङ्लाइ नेपालि भाषामा यहि हो भनेर ठ्याक्क भन्नु गारो भएपनि शव्द भावात्मक आधारले आकाशगङ्गा माहादेव भन्दा अर्थबोध हुन्छकि जस्तो भान हुन्छ .मुन्धुममा पोरोक्मी याम्फामी माङ्लाइ पोक्ला कुलुङ पोरोक्मी याम्जिरी याम्फामी माङ भनेको पाइन्छ .पोक्ला कुलुङ् = भावात्म नेपालीमा सृष्टिको उद्गम स्थल .पोरोक्मी = भावात्म नेपालीमा आकाशगंगामा झुण्डीएको आगो .याम्जिरि = भावात्म नेपालीमा सुछ्म आत्मा .याम्फामी = भावात्म नेपालीमा ठूलो आगो .यो भन्दा उपयुक्त शव्द छ भने त्यो थाहा भएन .सुरुमा पोरोक्मी याम्फामी माङ् नहुँदा सृष्टि उद्गम स्थल प्रकृति आकाश थिएन .प्रकृति आकाश नहुँदा आकृति आकार रंग रुप रहने स्थल थिएन .तागेरा निङ्वाभूमा माङ्ले मुन्धुम शक्तिले( नाममानी कुवे नामकेका हिसुल्ले ) सूर्यचक्रव्यूह रथ हाङ्साम थेवाको राजकीय शक्तिको परिक्रमा अश्त्र .( लामानी कुवे लाकेका हिसुल्ले ) चन्द्रचक्रव्यूह रथ माङ्साम युमाको दैवी शक्तिको परिक्रमा अश्त्र,घुमाउँदा सारा परिधि घुम्ने भयो . सारा परिधि परिक्रमाशील प्रणाली भएर घुम्दा मुन्धुमको अथाहा शक्ति मूलभुवरिमा परिणत भएर माथिमाथि बढ्दै चम्किदै घुम्दै जाँदा( मुक्कुमसो रेग मुराहोङ सिगाङ ) मूलभुवरिको मुखको ठुलो भ्वाङ्भित्र अग्नि ज्वालाको प्रकाशज्योती बलेर उज्यालो दृश्य देखा परयो . उज्यालो पर ..बाट बल्दै आउँदा महाअन्धकार निलो रुपमा परिणत भयो . निलो रुप बिस्तारै आकाशगंगामा परिणत भएर महासागर जस्तो देखियो . महासागरमा उज्यालो भरिदै आउँदा मूलभुवरिको मुखको ठुलो भ्वाङ्भित्र( मु..ना.. तेम्बेधिक ) तल वर पर देखिने रमणीय एउटा मैदान देखियो . पर.. देखिने रमणीय मुना मैदानमा उज्यालो भरिदै आएको मूलभुवरिको मुखभित्रको ठुलो भ्वाङ्भित्र( खिजोरा साधिक मेन्जोरा साधिक ) धागोको पया जस्तो देखिने कहीं कतै केहिसंगपनी नमिल्ने रुप भएको( लराङ्गेन साधिक ) बिजुली वज्रवाण चट्यांगबाट जन्म भएको एक शरीरधारी रुप भएको देखा परयो .( पोरोक्मी ) आकाशगंगामा तुर्लुङ्ग तुर्लुङ्ग झुण्डीदै, पर.. हल्लीदै हल्लिदै, बढ्दै रुपधारण गर्दै उधो उभो सास फेर्दै आएर बढ्दै जाने शरीर भएको,( पा मेन्ने साग पामाङ्गेन साधिक ) बाबु बेगर जन्म भएको स्वयम् पितारुपी रुप .( मा मेन्ने साग मामाङ्गेन साधिक ) आमा बेगर जन्म भएको स्वयम् मातारुपी रुप .अग्निज्वालासंग जुध्दै मूलभूवरिसंग जुध्दै मूलभुवरिको मुखभित्रको ठुलो भ्वाङ्भित्र पर..रुदै कहालीदै, चिच्याउदै चिच्याउदै, मूलभुवरिको मुखभित्रबाट फुत्त बहिर निस्की आएर बढ्दै ठुलोठुलो हुँदै सारा परिधि ढाकदै गएर फुल फक्रिए झैं फक्रिएर समृध्द पारङ्गत भएर, माथि तल वर पर भित्र बहिर यत्रतत्र सर्वत्र ढाक्ने भयो .आकृति आकार रंग रुप वीज वीर्य गर्भशाय गर्भकोश आत्मारुपी रुप भएर आकाशगंगाको स्तम्भ, प्रकृतिको जग, नवसृष्टिको नवरूप, जन्म जननी सृष्टिको उद्गम स्थल पोरोक्मी याम्फामी महादेव भयो .अदृश्य अगम अटल अपार अमर अजेय भयो .आक्रृति रहने प्रकृति भयो .अनुहार रंग रुप चेहरा रहने आकाश भयो .ज्ञान बुध्दि विवेकले नभ्याउने, भेट्न छुन देख्न सुन्न जान्न नसकिने पोरोक्मी यम्फामी महादेव भयो .स्मरण रहोस अबमात्र देवी देवता ग्रह नछेत्र सूर्य चन्द्र आदि सृष्टि हुने उद्गम स्थल भयो .
