सृष्टि नहुँदा सुरुमा अन्धकारै अन्धकारको अनन्त परिधि भित्र उधोभ्वाङ सुनसान उभोभ्वाङ सुनसान चकमन्न रिक्त शुन्य शुन्य भएको अवस्थालाई मुन्धुममा मुहोप खेहोप भनेको पाइन्छ । सुरुमा सृष्टि नहुँदा तागेरा निङ्वाभूमा माङ पनि थिएन। अन्धकारै अन्धकारको अनन्त परिधि भित्र सुनसानमा केवल आत्मा त्यसै त्यसै बिरक्तले उराठीएर अब कसो गरि के गरौं भनेर कल्पना गर्दै एक्लो एक्लो उडी हिनेको अवस्थालाई इत्छिङ्साम भनिन्छ । तागेरा निङ्वाभूमा माङ भएको मुन्धुम, लेख लामो हुने भएकोले यहाँ छोडिएको छ ।
तागेरा निङ्वाभूमा माङ भएपछी तागेरा निङ्वाभूमा माङ्ले पांच तत्वबाट पांच महाभूत शक्ति रचना गरेर शक्ति जगाउदा पांच शक्ति जागेर काम्दै एकले अर्को शक्तिलाई ठक्कर दिदा कम्पा भएर बढ्दै घुम्दै माथि उठेर पांच शक्ति एकरूप हुँदा मूलभुवरीरुप लिएर घुम्दै चम्किदै झन्झन् ठुलो ठुलो हुँदै गएर उग्ररुप लिँदा हूँ.. गर्ने आवाज प्रकट भएर सारा थर्कमान गर्दै बिजुली बज्रबाँण चट्यांग झ्लाक र झिलिक भइ मेघगर्जन गड्यांग र गुडुंग भएर उत्पात मच्चिएर महाँअन्धकारमा अग्नि ज्वालामुखी विस्फोट भइ निष्पट महाँअन्धकारको कालोमा आगो सल्केर यत्र तत्र सर्वत्र आगै आगोको लप्का बलेर सारा उज्यालै उज्यालोले भरियो । त्यो प्रथम उज्यालो थियो ।
(स्मरण रहोस त्यसताका पोरोक्मी यम्फामी देव, सोधुङ्गेन लेप्मुहाङ देव, प्रकृति, आकाश, सूर्य, चन्द्रमा, ग्रह, नछेत्र, तारा मण्डल, जल, वायु, देवी देवता केहिपनि सृष्टि भएका थिएनन् ।)
हाङ्लेले हाङ्गेम्मुक हाङ्साम थेवा नारा :
अग्नि ज्वालाको तातो राप र उज्यालो प्रकाश बढ्दै चम्किदै गएर केहि कहिलेपनि थाम्नु रोक्नु छेक्नु नसक्ने भएर मूलशक्ति विस्फोट हुँदा ( मिजिरी मिसेक्थीक ) एउटा सानु आगोको झिल्का फुत्त उफ्री निस्केर बल्दै चम्किदै घुम्दै माथितिर गएर माथिल्लो सतहमा पुगेर हाङ्लेले हाङ्गेम्मुक हाङ्साम थेवा नारा, थोसुलुङ्ग मुक्कुम्लुङ थिरित्लुङ्साम, ( पोजिटिभ ) सकारात्मक शक्ति प्रभाव निरन्तर उँधो बगीरहने शक्तिको श्रोत ( थेवासाम ) भएर बसेपछि थामी नसक्नुको उग्रशक्ति मत्थर भएर सेलीदै गयो ।
ते,लेले तेक्केम्मुक माङ्साम युमा नारा :
मूलशक्ति विस्फोट हुँदा अर्को एउटा सानु आगोको झिल्का बिस्तारै निस्की गएर बल्दै चमकदै घुम्दै परतिर गएर पल्लो सतहमा पुगेर ते,लेले तेक्केम्मुक माङ्साम युमा नारा, योसुलुङ फियालुङ थाङ्देत्लुङ्साम भएर ( नेगेटिभ ) नकारात्माक शक्ति प्रभाव निरन्तर उभो बगीरहने शक्तिको श्रोत ( युमासाम )
भएर बसेपछि थामी नसक्नुको उग्रशक्ति मत्थर भएर सेलिदाई गयो ।
मूलशक्ति दुइभागमा विभाजन भएर सकारात्मक र नकारात्मक शक्ति भएर बिस्तारो बिस्तारो अग्निज्वाला सेलिदाई गएर ( तलङ्गेन तनालुङ्ग फक्ते ) चुम्बकीय शक्ति प्रकट भएर ( नामकेका लाकेका कुवे इरे ) सारा परिधि परिक्रम हुने भएर चम्जिक मुन्धुम र सामजिक मुन्धुम भएपछी मुन्धुम बाटनै लोक परलोक अनन्तलोक र ग्रह नछेत्र देवी देवता वनस्पति किट पतंग पशु पन्छी सबै सृष्टि भैसकेपछि अन्त्यमा मानिसको सृष्टि भएको मुन्धुम पाइन्छ । हाङ्साम नारा र माङ्साम नारा दुइ आत्माहरु मिलेर एउटाइ आत्मा भएपछि तागेरा निङ्वाभूमा
माङले एकरूप पोरोक्मी याम्फामी देवरूप लिएर पृथ्वीलोकमा आफु जस्तै शरीर भएको मानिस सृष्टि गर्दा शरीरको दाहिने भागमा हाङ्साम नारा वा पुरुष आत्मा अनि शरीरको देव्रे भागमा माङ्साम नारा वा स्त्री आत्मा हाली दिएकोले गर्दा पुरुष र स्त्रीको जन्म हुने भयो । दुइवटा आत्मालाई जोडेर एउटा आत्मा भएको प्रक्रियालाई मुन्धुममा नेत्ति फुङ्वा चाङ्मा मुन्धुम भनेको पाइन्छ । नेत्ति = दुइ आत्मा . फुङ्वा= मिलेर एउटा शरीर भएको . मुन्धुममा भएको शव्दलाई नेपालि
भाषामा रुपान्तर गरेर बुझाउनु खोज्दा कमि कम्जोडी अवश्य होला सुधारी पढ्न हुन् अनुरोध गर्दै आजलाई येति सेवारो ।
