लामो नहुनु भाचिन्छौँ, ठूलो नहुनु थेप्चिन्छौँ। मध्यस्त रहेर कुरा गर्नु। युगान्तकारी बलवान समयले ल्याएको दैविक धर्म-कर्म संस्कार अनुसार हावापानीसग मिल्नु है। कुन दिशाबाट हावा हवन्छ, त्यसलाई छलेर अर्थात पछाडी पारेर हिड्नु है। किनभने हावासँग मिलेर हिड्यौँ भने बोकी लान्छ है।
अब उपदेश सुन है।
उहिले बहुलाउने चीज खायौँ। पिएर आखा नदेख्ने अन्धोपुत्र, बोल्न नजान्ने भकभक्ते पुत्र भएकोले पुत्र भ्एकोले शसी मुन्धुम-इतिहास हरायो।देव विद्या-राज विद्या( देश शक्ति-राज शक्ति) हरायो। दश मन बनाउनाले मुक्साम (शक्ति) हरायो।राज शक्ति हरायो। विद्या हरायो। उ ठूलो ,म ठूलो भन्नाले ,अहंकार गर्नाले , अचेत बेहोसी हुनु, नखाने चीज खानाले , बेहोसी हुनाले लिखित अमूल्य शसि मुन्धुम हराई गयो। मुन्धुम दर्शन हराई गयो। धर्म कर्म संस्कार हराएर अभक्ष चीज मात्र खाने हुँदा त मलाई तागेरा निड़वाभूमाड़ (ईश्वर)ले देववाणी झार्यो है कान्छो पुत्रहरू हो। अब एकता हुनु, दश लिम्बूवान एउटै लिम्बू भएर एउटै शीर (चोलुड़) राख्नु, ईश्वर झै पवित्र, ज्ञान, विवेक,चेतना पाईयोस- ईश्वर झै भईयोस भनेर एउटै भाडामा एउटै अन्नको भात खुवाएको है।
अब एउटै अन्नको भात खानु। एउटै मन-बिचारले सेवा भक्ति गर्नु। थो लाड़देम सेवा, यो लाड़देम सेवा गर्नु। मानव सेवा गर्नु।उभौली – उधौली सेवा नचुकाई सेवा भक्ति गर्नु है।यो थिकचुम्दिड़ माड़हिममा ज्यादा घाम लागेर खडेरी भएमा साम्जिक मुन्धुम बाचन गरेर पानी माग्नु । अत्यधिक पानीको बर्षात भई भल पैह्रो भएमा घाम लाग्ने सेवा गर्नु है।हाड़ सेवा नु हाड़ सेवा ग सेन्लेन चोगेम्मे ओ।भक्तजनहरुले , सब्दीगुरुहरुले शीर उठाउने माड़गेन्ना सेवा गर्नु है।
ज्ञान,बुद्धि,विवेक , सोच्ने शक्ति हराएकोले देव विद्या-राज विद्याको जग – शसी मुन्धुम, धर्म-दर्शन,शास्त्र सच्याई राखे है। म पछि सुम्ईबा,तुक्ईबाहरुलाई पछाडी पारेर जाँड खुवाउछु, सुगुर कुखुराको मासु खुवाउछु है।त्यतिखेर सावायेहाड़ कान्छो पुत्रहरू हो!
कुखुरा-सुगुरको मंशा र जाँड रक्सी सेवन नगर्नु। नपिउनु जाँड रक्सी रिड़गटा मात्र छुड्छ,चल्छ। नखानु है मासु मंस देव दण्ड मात्र परिन्छ।मंश र जाँड रक्सीले त ज्ञान,बुद्धि,विवेक र सोच्ने शक्ति मात्र हराउछ।
अब कान्छो पुत्रहरू हो!
लुड़ नुईल्ले लुड़ लुड़ लरेम्मे, सिंड़ नुईल्ले सिंड़ सिंड़ लरेम्मे, सिजड़वा च्वात नुईल्ले से से लरेम्मे: आड़ थामेन्दिड़ मा नु माड़, केसिड़गेन पामाड़ीन ईतेम्मे।
त्यसपछि पामाड़ देवपितासग भेंट भएर मात्र न्वारन उठ्छौँ। पामाड़ले तिमीहरुलाई शुभ नामाकरण( साम्सो यमिड़ केवान्दिरो) गर्छ है। देव कर्म त जुन-घाम रहिञ्जेल सम्मको है। राज कर्म त क्षणिक मात्र है। यो कर्म त युगौँ युगको कर्म है। जुन-घामको फिर्कीनी पंखा झै चक्र घुमेर जाँदा कसैले पनि छेक्न -बचाउन सक्दैन है । यो त ईश्वरीय देव कर्म है। यो धरती पृथ्वीको सृष्टि माथि सुनको थोली-चाँदीको थोली माड़ले झारेको छ है। सुनको थोली मेरो दाँया हातले फ्याके भने माथि मैदानी भूमि चीनमा पहिरो जान्छ।तल चाँदीको थोली मेरो बाँया हातले फ्याके भने पश्चिम सूर्यास्त मुलुक अमेरिकामा पहिरो जान्छ।यो देववाणी सुन, सूर्यवंशी पुत्रहरू हो!
यिनीहरु सबै देव कर्म है। एक हुने/ एकता हुने बाटो पहिल्याउनु है। पछि यो पृथ्वीमा धेरै धर्महरुले भरिन्छ। त्यतिखेर धर्मयुद्ध हुन्छ। त्यसपछि धर्मयोद्धाहरु गाँउ गाँउ उठ्छन् है। त्यतिखेर एकता भएर मिलेर बोल्न जान्यौँ भने तिमीहरुको निधारमा सूर्य उदाउँछ है। नमिलेर दुई लिम्बू भयौँ भने तिमीहरुको घिचुक्कमा सूर्य अस्ताउँछ है। राम्ररी मन मिलाएर मुन्धुमविद्ध, ईतिहासविद्ध,पञ्च भलाद्मी तुम्याड़हाड़ सम्पूर्ण संगठित हुनु।मन्दिरमा,विद्यालयमा संगठित भएर वार्ता गर्नु है। उ ठूलो, म ठूलो नभन्नु है। दीनदु:खींहरु म पछाडी परेको नभन्नु है। दीनदु:खींहरु सबैलाई थिच्नु,दु:ख दिनु हुदैन है। ज्ञान,बुद्धि,विवेक र स्मरण शक्ति त पूर्व जन्मको उसको देवकर्म संस्कार,उसको सेवा कर्मबाट आउने है। त्यो मान्छेलाई तागेरा निड़वाभूमाड़ले स्वच्छ पवित्र पुत्र त्यसलाई मात्र बनाउछ है। हिजोको सत्कर्म,सत्कर्म संस्कार ,सेवा भक्तिको कर्म नभएको मानव नै महादु:खी नर्ककुण्डका कष्ठदायी, आँखा नदेख्ने अन्धोपुत्र,बोल्नु नजान्ने भकभके पुत्र भएर देव विद्या-राज विद्या बिना पृथ्वी धरती माताको कसिड़गर मात्र भएर बसिन्छ है।त्यतिखेर मेरो लासाका सन्तति र कान्छो पुत्रहरू हो! उत्तम होसियार चनाखो हुनु, विवेकशील हुनु, देववाणी सुन्नु, कुरा सुन्नु,धर्मोपदेश सुन्नु,धर्मोपदेश पढ्नु,ज्ञानी हुनु,आफै धर्मको बाटो पहिल्याउनु,आफै धर्मोपदेश बोल्नु त्यसैले राम्रो मान्छे भएर आईन्छ है।त्यसपछि सबैको धनी,आफै सूरक्षादाता/रक्षादाता भएर बसिन्छ है।अब म, जाँड रक्सीबाट मुक्त ईश्वररुपी, मदमंशबाट मुक्त ईश्वररुपी पवित्र रूप धारण गर्छु है। मादक पदार्थ सेवन गर्ने,मंदमंश खाने उपभोग गर्ने अन्ध्यारो पुत्रहरू हो! रगतको तलाऊ र जाँड रक्सीको तलाउमा डुब्यौँ। डुबेर जाँड रक्सी र रगतको होली खेल्दैछौँ। कसले पो निकाल्नु सक्छ र? त्यो रगतको तलाउबाट निस्कन त धेरै नै सेवा गर्नुपर्छ।सावायेहाड़ र कान्छो पुत्रहरू हो। तिमीहरुको भागमा देवढोका – राजढोका बन्द भएर उभेको छ है। जीव पशुप्राणीहरुको जीवन हत्या गरेर खानुले ,ठूल ठूला जीव सुगुर,कुखुरा,भैसी,बाख्राले मृत्यु कर्ममा सुधाई गर्नु र आफन्त नाता कुटुम्ब पाहुनालाई स्वागत गर्नाले , छोरी चेलीलाई गाई,बाख्राको झै दाम गरेर बेच्नु र विवाह गर्नुले ,तीन पटकसम्म सुगुरको ढाकर बोक्नुले, जाँड रक्सीले स्वागत गर्नुले, ठूलो भएर अहंकार गर्नुले गर्दा बिहोसी अचेत भएर धेरै महागरिब-दिनदु:खीं भयौँ है। धर्म,दर्शन ,संस्कृति,लिपी र लिखित मुन्धुम सबै हराए पनि तिमीहरुको घमण्ड अहंकार हराएन। त्यतिखेर धेरै नै पापको बाटोको ढोका बन्यो है।तिमीहरुको ज्ञान,बुद्धि,विवेक र चेतनाको ढोका बन्द भएर त्यो बन्द ढोकालाई खोल्ने, हटाउने,अन्त्य गर्ने, धर्मभक्ति ,धर्मविद्ध ,महात्मा ज्ञानीहरुको शीर छिचोल्ने मूलबाटो तिमीहरुको सौभाग्यले ओत तागेरा निड़वाभूमाड़को देववाणी अनुरुप धर्मोपदेश झारी राखेको छु है।त्यो मूलबाटोलाई चिनेनौँ भने कहिले पनि उद्धार हुनु र पार लाग्नु सक्दैनौँ है, सावायेहाड़ पुत्रहरू हो!
-” अड़सीमाड़ महागुरु फाल्गुनन्द”
