सिलाम साक्माको यथार्थ :

सिलाम साक्माको यथार्थ :

सिलामसाक्मा यथार्थमा सावा येहाङ्ग मुन्धुममा उल्लेखित
येत्कुदिङ्ग साङ्फे अर्थात आठ दिव्यलोकको प्रतिक हो ।

(१) इक्सा खाम्बेकदेन (पृथ्वी , धरती लोक)।
(२) सामयुक्नादेन (आत्मा लोक,ग्रह हरुको लोक) ।
(३) तरङ ताङसाङदेन (आकाश लोक) ।
(४) मुधाङ खारादेन (न्याय लोक) ।
(५) सुना इङदङदेन (सत्य लोक) ।
(६) सेसेवादेन (उज्ज्वल लोक) ।
(७) माङ खमादेन (तप लोक,देवी देवता हरुको लोक) ।
(८) साङ साङदेन (पवित्र लोक) । र
(९) साङग्राम पेदाङदेन (स्वर्ग लोक,अनन्त लोक) ।

नौलोकको प्रतिक हो ।
सेवामा येबाले साङ्ग्राम पेदाङ्गदेनको उच्चारण गरेको कमै सुनिन्छ ।

सिलाम साक्मा प्रतीकमा  भएको चारसुरको अर्थ

१ तोइगेन थाङ्गगेत (उत्तर सिशा)
२ मेवागेन नामगेत (पूर्व दिशा)
३ ताइगेन लाङ्गेत (दक्छीण दिशा)
४ सेन्दाङ्ला नामधा (पश्चिम दिशा)

चार्दिशाको चिन्ह हो । 

मुन्धुममा चारदिशा कसरि पुकारा गर्ने भन्ने ज्ञान येबा मुन्धुममा हराएकाले गर्दा येबाले सिक्नु पर्ने आजको आवश्याकता देखिन्छ ।
कुन दिशामा कुन माङ्ग साम्माङ्गको सेवा लगाउने हो,
त्यहि अनुसार येत्कुदिङ्ग साङ्गफे वा सिलाम साक्माको चारसुर मिलाएर पातको साङ्फे लासो राखेर सेवा लगाउनु पर्छ
अनि मात्र सेवा ठिक ठाउँमा पुग्छ ।
यसमा अदृश्य शक्ति हुन्छ ।
नियम पुरयाएर सेवा गर्दा,
सुछ्म आँखा हुनेले माङ्ग साम्माङ्ग आउजाउ गरेको देख्न सक्छन ।
फेदाङ्गमा येबाले येत्कुदिङ्ग साङ्फेलाईनै सिलाम साक्मा भनेका हुन् ।
येबाले सिलाम साक्माको अर्थ केहो सबै भुले ।
सेवामा सिलाम साक्मा कहाँ कता फर्काएर राख्ने कुन साम्माङ्गलाइ कति लासो दिनुपर्छ,
नौंफेरोमा प्रत्येक फेरोको अर्थ के हो सबै भुलिपठाएका छन् ।
किरात मुन्धुमबाट एकदुइ शव्द जानी नजानी सिक्ने
अनि हाम्रो येबा मुन्धुम किरातले चोरेको भन्ने नराम्रो आदतले गर्दा
लिम्बु लिम्बुमा फुट पैदा भएको छ ।
मुन्धुम ज्ञान भन्ने कुरा युमा धर्मको होस् वा किरात धर्मको होस्
एउटाइ सावा येहाङ्ग मुन्धुमको श्रोत हो ।
येबा कामेर बक्दा मुन्धुम माङ्ले आफै दिन्छ भन्ने मान्छे झुटको खेति गर्ने मान्छे हो ।
येबा निकाल्नु पर्दा गुरुले येबा उत्रीण नभए सम्म घुङ्ग्रिङ्ग भाँचिने गरि पिट्दै वर्षौं येगाप्ची बनाएर मुन्धुम रटाएर येबा उतारेको सबैलाई थाहा भएकै हो ।
एकदुइलाइ खन्जमाले जंगलमा लगेर सिरेसाम, तान्त्रि ज्ञान सिकाएका फकफके येबा हुन्छन ।
सिरेसाम भनेको प्रेतात्मा भनेको हो । मानिशको शरीरमा माङ्ले बास नगरेपछि सीरेसामले बास गर्छ ।
सिलाम साक्माको अर्थ र महत्व बुझेर सिलाम साक्मा लोगो छातीमा ढल्काएर हिड्नु राम्रो हो ।


सावा येहाङ मुन्धुम :
सेसेदेन सेन्देरो = उज्ज्वललोक छुट्टियो ।
विषय प्रवेश हुनु अघि केहि कुरा : यो लेख येत्कुदिङ साङफे वा सिलाम सक्मा लोगोमा भएको नौंफन्को धागो मध्य छैटौँ फन्को धागो सेसेदेनको प्रतीकको मुन्धुमी वाख्या हो । ” साङदाङगेन वरुम थामा ” आत्मा सुध्दिकरण वा कान फुक्ने पनि भन्ने गरेको पाइन्छ, यो मुन्धुम विधि कहाँबाट आयो कस्ले दियो आधार के हो भन्ने बारेमा यो मुन्धुम विधिको श्रोत आधार भनेको सेसेदेनको मुन्धुम हो भन्ने बुझिन्छ । पूर्ववत पुर्खाहरुले सेसेदेनको मुनधुमलाई आधार बनाएर ”याङदाङ फोङमा ” न्वारण गर्दा, ” माङगेन्ना ” शिर उठाउने पुजा गर्दा, पितचम्मा, नाहाङमा, कल्याणकारी सेवा पुजा प्राथना, मृत्य संस्कारमा ” मिकवा साङमा ” किरिया पुत्र पुत्रीको आँसु पुछेर सुद्धिकरण गर्ने घर चोख्याउने आदि सबै सेसेदेनको, साङदाङगेन वरुम थामा अर्थात सुध्दिकरण मुन्धुम विधि हुन । युमासाम रहने सातौंलोकमा जानुको निमित्त छैटौँ लोकमा रहेको पवित्र पोखरीमा आत्माहारु नुहाएर सुध्द भयो भने मात्र ” युमा याक्नादेन ” युमा रहेको लोकमा जानु पाउँछन । मुन्धुम विधिले जगाएको तिनमूलको पानि तिल जाउ सुनपानीले सुध्द बनाउने वा चोख्याउने चलन यद्यापि छदै छ । मुहिगुम ओङसी चोलुङ्ग, फेदाङमा, साम्बा, येबा चोलुङ्ग, माङगेन्ना, पितचम्मा, नाहाङमा चोलुङ्ग, चोखि चोलुङ्ग, माङवा हाङवा चोलुङ्ग, नामनिशा लानिशा चोलुङ्ग, सबै युमा याक्नादेन सातौं लोकमा छ भन्ने मुन्धुमबाट बुझिन्छ ।
विषय प्रवेश :
” उन्छोन नावा पाकतेल्ले, चइत पाकतेल्ले, निस्से सेक्खादेन, सुनाइङदङदेन पाकतेल्ले ” उहिले नवरुप भर्खर हुदा, सृष्टि भर्खर हुदा, न्याय अन्याय छुट्याउने, न्यायलोक भर्खर हुदा । ” नावा होप्तेरो, चइत होप्तेरो, साङदाङगेन वरुमदेन, सेसेदेन होप्तेरो ” नवरूप थिएन, सृष्टिको रुप थिएन, सुध्द पवित्र स्थल, उज्ज्वललोक थिएन । ” ताताल्ला तागेरा, निङवाभूमा माङइल्ले, नावादिङ मेग, चइत ताङमा माङइल्ले ” सारा सृष्टिको मालिक, मनज्ञानकी खानीले, नवरूप रचैता, सृष्टिको मालिकले । ” मुसुने मुमाङलाक, खेसुने खेमाङलाक, तरक लुङधुङधो, ताङसाङ लुङधुङधो ” उधोउभो सर्वत्र व्याप्त, अपार ब्रह्मलोक, प्रकृति महासागरमा, आकाश महासागरमा । ” सिक्कुम निङवा, सुनाइङदङ्देन थुङदाङ, साङदाङगेन वरुमदेन, सेसेदेन सेन्दुरो ” अदृश्य अमर अपार, सत्यलोक माथि, सुध्द पवित्र स्थल, उज्ज्वललोक छुट्यायो । ” नामसिङ लासिङ, माङसिङ केप्मादेन, कुसाङ लमादेन, कुलिङधो केप्मादेन ” मातृदेव पितृदेव, देवलोकमा पुग्ने स्थल, नया जीवन पाएर, मुक्ति पाउने स्थल । ” साङसाङ वरक, तिङदिङ वरक, साङगेन्दिङ मेग, वरुम थामा वरक ” सुध्द पवित्र पोखरी, शक्ति सम्पन्न पोखरी , सुध्दिकरण हुने, आत्मा नुहाउने पोखरी । ” वसिसि वरक, वहपहप् वरक, वसाङसाङ वरक, वसेसे वरक ” आत्मा डुबने पोखरी, आत्मा नुहाउने पोखरी, सुध्द पवित्र बनौने, स्वच्छ उज्ज्वल पोखरी । ” नामवरक लावरक, सम्याङवा युप्पावा वरक, साङगेन्दिङ वरुम, सेसेदेन चोगुरो ” सूर्यचन्द्र पोखरी, सुनचाँदी पानि पोखरी, स्वच्छ पवित्र, देव पोखरी बनायो । ” तागेरा निङवाभू, हाङसो सामहाङ, वया लोमा देनलो, काम्फुङ लोमा देनलो ” स्वप्रकट इश्वर, परम परमात्माले, आत्मा लिने स्थल, मुक्ति पाउने स्थल । आत्मा नुहाउने, पवित्र पोखरीमा, उज्ज्वल पोखरीमा , आत्माले नुहाएपछि । परा आत्माले, मुक्ति पाएर, अनेकरूप बदलेर, नयारूप धारण गर्दछ । नवसृष्टि भयो, नवरुप भयो, सत्यलोक माथि , उज्ज्वललोक भयो । नवसृष्टि सुहायो, नवरुप सुहायो, सत्यलोक माथि, उज्ज्वललोक सुहायो । यहाँ सामजिक प्रकट भएको छ, मुन्धुम प्रकट भएको छ, उज्ज्वल लोकको, मुन्धुम प्रकट भएको छ । सामजिक छ हाइ, मुन्धुम छ हाइ, उज्ज्वल लोकको, मुन्दुम छ हाइ । सामजिक रहयो हाइ, मुन्धुम रहयो हाइ, उज्ज्वल लोकको, मुन्धुम रहेकोछ हाइ । चुरेरो सेवारो ।

दायाँ हात ले उठाएको सिलाम सकमा हो

Leave a Reply

Discover more from Ani Sakthim

Subscribe now to keep reading and get access to the full archive.

Continue reading