महागुरु फाल्गुनन्दको जीवनकालमा एउटा यस्तो सत्य घटना……।

महागुरु फाल्गुनन्दको जीवनकालमा एउटा यस्तो सत्य घटना……।

ईलाम जिल्लाको जितपुर ८ अन्तर्गत खाक्सिङ्बुङ गाउँमा सुब्बा बलिवन्त लिङ्देन लिम्बू को घर थियो । सुब्बा बलिवन्तकी श्रीमती युब्रुङ्मा फत्र लिङ्देन तीन वर्षसम्म रोगिएर बसेकी थिईन । युब्रुङ्माको उपचारका लागि बलिवन्तले अनेक उपाय गरे , कति धामी झाक्री उफारे , कति बैदाङ गुहारे तर बिरामी जस्ताको तस्तै बिसको उन्नाइस भएन । गाउँमा बल्ल्भ गिरि नाम गरेका एक जना झाक्री बिजुवा थियो जो लाटा धामी उपनामले चर्चित थियो । तर उ लाटो भने बिल्कुल थिएन । तीन तीन वर्षसम्म विरामीको स्याहार , सम्भार र उपचार गर्दा बलिवन्तलाई दिक्दार हुनु स्वाभाविकै थियो । उपचारको क्रममा उस्ले उपद्रो काम पनि गरे । आफुले लगाएको धोतिले युब्रुङ्मालाई सप्काए पनि । सुगुरको विस्टा , दिशाको धुवा धुप पनी लगाए पनि । तर युब्रुङ्मा झन झन सारो हुँदै गईन । लाटा धामीले युब्रुङ्मालाई उपचार गर्दा भेडा पाठा भाकल लगाएको रहेछ । भेडा बड्दै गयो ठुलै भयो तर विरामी भने झन झन सारो हुँदै उस्तै भए पनि बलिवन्तले भाकल छिनाउन बल्लभ गिरिलाई बोलाए । धामी र घर धनी दुवैले भेडाको मासुमा आसक्ती थियो होला । धामी आएर आफ्नो मन्त्र विधि अनुसार आफ्नो भाकल छिनाउने प्रक्रियालाई अगाडि बढाउदै थियो । अचानक माथी घरको तला बाट आवाज आयो । त्यस्ले भन्यो :- के के गर्छौ काम बिगार्छौ है ।”
यो आवाज कस्को थियो ? जो अदृश्य छ केवल आवाज मात्र । फेरि पनि धामीले प्रक्रिया अघि बढाउन खोज्यो उस्तै त्यै आवाज दोहोरियो । धामी आश्चर्यमा परे । तर घर धनी बलिवन्तले भने पहिले ,दोस्रो दुवै आवाज सुनेको थिएन । धामिले आश्चर्य मान्दै भए पनि भाकल पूरा गर्ने हेतुले उस्को मन्त्र फेरि फलाक्न सुरु गर्दै थियो । फेरि :- ए ए ए के के गर्छौ काम बिगार्छौ है “। भन्ने पहिला भन्दा केही ठूलो आवाज आयो । यो तेस्रो पटकको आवज भने घर धनी बलिवन्तले पनि सुने ।

बलिवन्तले भन्यो :- होईन केले पो के भन्दैछ ह ? ” धामिले फलाक्दै गरेको पनि बिचैमा छाडेर भन्यो :- मामाले त अहिले मात्र पो सुन्नु भएछ , यो संग त तीन पटक भैसक्यो ” भन्यो । बलिवन्त झन आश्चर्यमा परे । आफुले आर्हाएको धामि संग साधारण छलफल पछि भाकल गरि पालिराखेको भेडा नमार्ने निर्णय गरे । बल्लभ गिरी धामिले पनि त्यही घटना देखि मासु खान पनि पुर्ण रुपले त्यागिदिए । बलिवन्तको बुहारीको दाजु नर बहादुर तुम्बाह

Leave a Reply

Discover more from Ani Sakthim

Subscribe now to keep reading and get access to the full archive.

Continue reading